राष्ट्रपतिको पत्र भोलि सबलाई पढेर सुनाइने
नागरिकता विधेयक फिर्तासँगै राष्ट्रपति कार्यालयबाट पठाइएको नौ पृष्ठ लामो सन्देशमाथि संसदमा छलफल गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकसहित फिर्ता पठाउनुभएको सन्देशबारे प्रतिनिधि सभालाई भोलि जानकारी गराउन लागिएको हो ।
प्रतिनिधि सभाको भोलिको सम्भावित कार्यसूचीमा ‘प्रतिनिधि सभाको सचिवले राष्ट्रपतिबाट पुनःविचारका लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको सम्बन्धी राष्ट्रपति कार्यालयको पत्रवारे जानकारी गराउनु हुने’ उल्लेख छ ।
राष्ट्रपति भण्डारीले संसदबाट प्रमाणीकरणका लागि प्राप्त नागरिकता विधेयक पुनःविचारका लागि भन्दै हिजो साँझ प्रतिनिधि सभामै फिर्ता पठाइदिनुभएको थियो । राष्ट्रपति कार्यालयको पत्र आज संघीय संसद सचिवालय पुगेको छ ।
संसदको भोलिको कार्यसूचीमा योसँगै सभामुख अग्नीप्रसाद सापकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको जानकारी गराउनेलगायत अन्य कार्यक्रम राखिएको छ ।
टिप्पणीहरू