राष्ट्रपतिले फर्काएको नागरिकता विधेयक तत्काल प्रक्रियामा लैजाने सत्ता गठबन्धनमा सहमति

राष्ट्रपतिले फर्काएको नागरिकता विधेयक तत्काल प्रक्रियामा लैजाने सत्ता गठबन्धनमा सहमति

सत्तारुढ पाँच दलीय गठबन्धनले राष्ट्रपतिबाट फिर्ता आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई तत्काल प्रक्रियामा लैजाने निर्णय गरेको छ ।

आज दिउँसो बसेको गठबन्धन बैठकमा विधेयकलाई तत्काल प्रक्रियामा लैजाने सहमति भएको सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सुझाव सन्देशसहित विधेयक फिर्ता पठाएको जानकारी मंगलबार संसद बैठक दिइएको छ ।

राष्ट्रियसभा र प्रतिनिधिसभाबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयकका केही प्रावधानमा पुनर्विचार गर्न भन्दै राष्ट्रपति भण्डारीले आइतबार साँझ प्रतिनिधिसभामा फिर्ता पठाउनु भएको थियो ।

टिप्पणीहरू