डाक्टरको अस्थायी लाइसेन्स लिने नियम फेरियो

डाक्टरको अस्थायी लाइसेन्स लिने नियम फेरियो

नेपाल मेडिकल काउन्सिलले चिकित्सा अध्ययन पूरा गरेका विद्यार्थीहरुको व्यक्तिगत विवरण सनाखत गरेर मात्र अस्थायी प्रमाणपत्र दिने भएको छ ।

अनलाइन आवेदनमा अपलोड गरिएका प्रमाणपत्रका आधारमा लाइसेन्स दिने यसअघिको व्यवस्था परिवर्तन गरि काउन्सिलको पछिल्लो बैठकले सक्कल प्रमाणपत्र र व्याक्तिगत विवरण भिडाएरमात्रै अस्थायी प्रमाणपत्र तयार गर्ने निर्णय गरेको हो ।

शुरुमा पेश गरिएको प्रमाणपत्र र सक्कल प्रमाणपत्र मिलाएर हेर्दा शैक्षिक, ईन्टर्नशीप प्रमाणपत्र र भीसालगायतका विवरणहरु बारम्बार फरक परेपछि यस्तो निर्णय गरिएको काउन्सिलले जनाएको छ । नयाँ व्यवस्थाअनुसार अध्ययन पूरा गरेका विद्यार्थीहरुले अनलाइन आवेदन दिएपश्चात् सक्कल प्रमाणपत्र रुजु गर्नका लागि एसएमएसमार्फत सूचना दिई डकुमेन्ट रुजु भएपछि मात्र काउन्सिलले प्रमाणपत्र तयार गर्नेछ ।

व्यक्तिगत विवरण सनाखत भइसकेकाहरुको हकमा आधिकारिक मञ्जुरीनामा पेश भएमा प्रमाणपत्र लिन स्वयं उपस्थित हुनु नपर्ने काउन्सिलद्धारा जारी सूचनामा उल्लेख छ । यो प्रावधान आगामी भदौ १५ गतेदेखि लागू हुनेछ ।

टिप्पणीहरू