साउदीमा अड्किएका ५८ नेपालीलाई एक्जिट भिसा

साउदीमा अड्किएका ५८ नेपालीलाई एक्जिट भिसा

साउदी अरेबियाले ५८ जना नेपालीलाई स्वदेश फिर्ता पठाउने भएको छ । विभिन्न कारण अवैधरुपमा बसेका उनीहरुलाई स्थानीय प्रशासनले स्वदेश फर्किनको लागि एक्जिट भीसा दिएको हो ।

उनीहरुले सेप्टेम्बर १५ मा ती भीसा पाएको साउदी अरबस्थित नेपाली दूतावासले जनाएको छ । साउदीका विभिन्न कम्पनीमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र नबनाएका वा नवीकरण नगरेका नेपालीहरुलाई स्वदेश फर्काउने दूतावासले अनुरोध गरेको थियो । सोही अनुसार ५८ जना नेपालीले एक्जिट भीसा पाएका हुन् ।

उनीहरुलाई दूतावासमा आएर आफ्नो एक्जिट भीसा लिएर जान दूतावासले आग्रह गरेको छ । उक्त भिसा लागेको ६० दिनभित्र अनिवार्य रूपमा साउदी अरब छोड्नु पर्ने कानुनी व्यवस्था छ ।

टिप्पणीहरू