रुसको नाइटक्लबमा आगलागी,१३ को मृत्यु

रुसको नाइटक्लबमा आगलागी,१३ को मृत्यु

रुसको कोस्ट्रोमा शहरको एउटा व्यस्त नाइटक्लबमा आगलागी हुँदा १३ जनाले ज्यान गुमाएका छन् । क्लबमा पुगेका एक व्यक्तिले छतमा गएर बन्दुक पड्काएपछि बार, रेस्टुरेन्ट र ठूलो डान्स फ्लोर भएको मनोरञ्जनस्थलमा आगो सल्केको थियो ।

मस्कोबाट करिब तीन सय किलोमिटर उत्तरपूर्वमा पर्ने कोस्ट्रोमाका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै लेखिएको छ, ‘त्यसपछि क्लबमा धुवाँ भरियो र बाहिर निस्कन गाह्रो भयो ।’

निसासिएका सर्वसाधारणमध्ये कम्तिमा १३ जनाको मृत्यु भएको छ । धेरै घाइतेलाई उपचारार्थ अस्पताल लगिएको छ ।

टिप्पणीहरू