मोटरसाइललाई ठक्कर दिएर चालक भागे, ट्रकधनी प्रहरी नियन्त्रणमा

मोटरसाइललाई ठक्कर दिएर चालक भागे, ट्रकधनी प्रहरी नियन्त्रणमा

कैलालीमा ट्रकले मोटरसाइललाई ठक्कर दिँदा चालकको ज्यान गएको छ । मृत्यु हुनेमा भजनी नगरपालिका–६ बस्ने २१ वर्षीय अविशेक चौधरी हुन् ।

गएराति स्थानीय नवलपुरस्थित सडकमा ना.२ ख १३८१ नम्बरको ट्रकले बा.८६ प ३४८७ को मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करकबाट मोटरसाइकल पछाडि सवार २५ वर्षीय धीरेन्द्र चौधरी घाइते भएका छन् । उनको नेपालगञ्जमा उपचार भइरहेको छ । ट्रक र त्यसका धनीलाई नियन्त्रणमा लिए पनि चालक फरार छन् ।

टिप्पणीहरू