बसबाट खसेका साहुजी अस्पतालमा बिते

बसबाट खसेका साहुजी अस्पतालमा बिते

कैलालीमा बसबाट खसेर गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । लम्किचुहा १ निवासी ४४ वर्षीय विष्णु देवकोटा बितेका हुन् ।

देवकोटा बस मालिक रहेको बताइन्छ । टीकापुरबाट धनगढी आउँदै गरेको बा.५ख५८७२ नम्बरको बसबाट खसेका देवकोटा गम्भीर घाइते भएका थिए ।

उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

टिप्पणीहरू