मध्यरातमा जीप दुर्घटना, ३ जनाको मृत्यु

मध्यरातमा जीप दुर्घटना, ३ जनाको मृत्यु

प्युठानमा गएराति जीप दुर्घटना भएको छ । प्यूठान नगरपालिका–५, खैराबाट पूर्णगाउँतर्फ जाँदै गरेको लु. १ ज ३७०७ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी सुशील थापा मगरका अनुसार दुर्घटनामा खुमन थापा, बच्ची थापा र मैया घर्तीको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेहरुको उपचार भइरहेको जनाइएको छ ।

टिप्पणीहरू