गएराति ट्रकको ठक्करबाट पैदल यात्रीको प्राणान्त

गएराति ट्रकको ठक्करबाट पैदल यात्रीको प्राणान्त

गएराति चितवनमा ट्रकको ठक्करबाट एक जना पैदल यात्रीको ज्यान गएको छ । राप्ती नगरपालिका ४, लक्ष्मीनारायण चोकमा ती पैदल यात्रीलाई ट्रकले ठक्कर दिएको हो ।

पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.२ ख ८५२१ नम्बरको ट्रकले परिचय नखुलेका पैदल यात्रीलाई राति साढे ८ बजेको समयमा ठक्कर दिएको बताइन्छ । अन्दाजी ५० वर्षका पुरुषको भरतपुर अस्पतालमा उपचारको क्रममा राति सवा ९ बजे निधन भएको हो ।

प्रहरीले ठक्कर दिने ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएको छ । ट्रक चालक विदुर १, नुवाकोटका ३९ वर्षे किशोर थापा भएको जनाइएको छ ।

टिप्पणीहरू