नेकपा एकीकृत समाजवादीले कटाउला त ‘थ्रेस होल्ड’ ?

नेकपा एकीकृत समाजवादीले कटाउला त ‘थ्रेस होल्ड’ ?

एमालेबाट गत वर्ष छुट्टिएको नेकपा एकीकृत समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचनमा १० सीट जित्ने अवस्था बन्दै गएको छ । १९ क्षेत्रमा उम्मेदवार रहेका उक्त पार्टीका नौ जनामध्ये काठमाण्डौ-८,गुल्मी-२,कास्की-२ मा गरी ५-६ जना पराजित भइसकेका छन् भने सिराहा,धनुषा,इलाममा चर्को प्रतिस्पर्धा गर्दैछन् ।

यस्तो अवस्थामा अब सो पार्टीले प्राप्त गर्ने समानुपातिक मत र तोकिएको तीन प्रतिशतको थ्रेस होल्डवारे चर्चा गर्न थालिएको छ । पछिल्लो अवस्थामा आइपुग्दा एकीकृत समाजवादीले आफ्नो उम्मेदवार नरहेका वा हारेका  भक्तपुर,काठमाण्डौ र ललितपुर निर्वाचन क्षेत्रबाट ४० हजार मत कटाएको छ ।

यस पटक खसेको र सदर भएको मतको आधारमा हेर्दा थ्रेस होल्ड कटाउन कम्तिमा दुई लाख ९७ मत ल्याउनुपर्ने देखिन्छ । समाजवादीले संघीय संसद र प्रदेश सभामा गरेर कूल ६२ जना उम्मेदवार उठाएको छ । 

‘अझै ७० लाख मत गन्न बाँकी रहेकाले समानुपातिकमा तीन लाख मत पाउने विश्वास लिएका छौं,’ समाजवादीका एक जना पदाधिकारीले आत्मबिश्वासका साथ बताए ।

टिप्पणीहरू