नेपाली हवाइजहाज अबचाहिँ युरोपको आकाशमा उड्लान् त ?

नेपाली हवाइजहाज अबचाहिँ युरोपको आकाशमा उड्लान् त ?

युरोपियन युनियनको एउटा टोलीले नेपालको हवाई सुरक्षाबारे स्थलगत परीक्षण गर्ने भएको छ । नेपाली वायुसेवा कम्पनीका हवाइजहाजले युरोपको आकाशमा उडान गर्न नपाउने गरी कालोसूचीमा राखेको लामो समयपछि अहिले उक्त अवस्थाको मूल्यांकन गर्न लागिएको हो ।

नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र ईयूका राजदूत नोना डेप्रेजको उपस्थितिमा भएको छलफलमा उक्त जानकारी गराइएको हो । छलफलपछि जारी संयुक्त विज्ञप्तिमा युरोपियन युनियन मातहतको एभिएसन सेफ्टी एजेन्सी (आयसा),युरोपियन कमिसनको टोलीले नेपाललाई राखेको कालोसूचीबारे सुक्ष्म अध्ययन थाल्ने उल्लेख छ ।

नेपाललाई राखिएको कालोसूचीबारे स्थलगत परीक्षणको निम्ति एउटा टोली अर्को साता नेपाल आउन लागेको छ । यो निर्णय ब्रसेल्समा नोभेम्बर १० र ११ का दिन भएको इयु एअर सेफ्टी कमिटीको बैठकपछि गरिएको हो ।

टिप्पणीहरू