सडक दुर्घटनामा मोटरसाइकल चालक बिते

सडक दुर्घटनामा मोटरसाइकल चालक बिते

कञ्चनपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । कृष्णपुर नगरपालिका ५, मछलीपुल नजिकै ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको बताइएको छ ।

आइतबार साँझ ६ बजे सुदूरपश्चिम प्रदेश ०१ ००८ प ५५ ८७ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको म.१ प ६१ ८९ नम्बरको स्कुटरलाई ओभरटेक गर्ने क्रममा विपरित दिशाबाट आउँदै गरेको से.२ त. ८२० नम्बरको ट्याक्टरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक शुक्लाफाँटा नगरपालिका ८ का ३० बर्षीय कृष्ण साउद बितेका हुन् । उनको उपचारको क्रममा मायामेट्रो अस्पताल धनगढीमा गएराति ज्यान गएको हो ।

३ वटै सवारी साधन, स्कुटर चालक र ट्याक्टर चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गुलरियाले जानकारी दिएको छ ।
 

टिप्पणीहरू