ट्रिपरको ठक्करपछि मोटरसाइकल चालकको गयो ज्यान, विदुरमा चक्काजाम

ट्रिपरको ठक्करपछि मोटरसाइकल चालकको गयो ज्यान, विदुरमा चक्काजाम

नुवाकोटमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । बा.३ क १४५२ नम्बरको ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । 

विदुर नगरपालिका ५ स्थित च्वाडी, माझिटारमा आज दिउँसो उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जनाएको छ । 

दुर्घटनामा परेर गम्भीर घाइते भएका मोटरसाइकल चालक दिपक कुमारलाई तत्काल त्रिशुली अस्पताल पुर्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

ट्रिपर चालक प्रवीण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ठक्करबाट मोटरसाइकलको ज्यान गएपछि घटनास्थल, गँङ्गटे र पिपलटारमा चक्काजाम गरिएको छ । स्थानीयले सडक अवरुद्ध पारेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू