विद्युत परीक्षण लाइनमा बिजुली सर्ट, दुई गाई ठहरै

विद्युत परीक्षण लाइनमा बिजुली सर्ट, दुई गाई ठहरै

परीक्षणका लागि छाडिएको विद्युत लाइन सर्ट हुँदा पाँचथरमा दुई वटा गाई मरेका छन् । मिक्लाजुङ गाउँपालिका २ की धनीमाया मगरका दुई वटा गाई बिजुली लाइनमा परेर मारिएका हुन् ।

मगरको गोठसँगै गाडिएका पोलमा विद्युत सर्ट हुँदा गाई मरेकोे इलाका प्रहरी कार्यालय रविका प्रमुख कैलाश चौधारीले जानकारी दिए । इलाम र पाँचथरको सिमाना महाभारतडाँडा हुँदै राँके–रवि–रक्सेसम्म जोड्ने ३३ केभीए प्रसारण लाइन परीक्षणको क्रममा उक्त दुर्घटना भएको हो ।

पीडित मगरले विद्युत प्राधिकरणका कर्मचारीको लापरवाहीका कारण आफ्ना दुई वटा गाई गोठमै मरेकाले घटनको छानबिन र क्षतिपूर्तिका लागि कानूनी प्रक्रियामा जाने बताए । दुइवटा गाईको मूल्य एक लाख पचास हजार रुपैयाँ भन्दा बढी पर्ने स्थानीयको दाबी छ ।

विद्युत प्राधिकरणको वितरण शाखाले भने इलाम मार्फत् हाइटेन्सनको लाइन परीक्षणमा रहेकाले सो क्षेत्रमा सतर्कता अपाउन पहिले नै सूचित गरिएको जनाएको छ ।

टिप्पणीहरू