प्रधानमन्त्री भेट्न बिहानै बालुवाटार पुगे गृहमन्त्री

प्रधानमन्त्री भेट्न बिहानै बालुवाटार पुगे गृहमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान कुराकानी भएको छ ।

भेटवार्ताको निम्ति गृहमन्त्री लामिछाने बिहान साढे ८ बजे पुग्नुभएको छ । त्यसपछि झण्डै ४५ मीनेट कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ । हिजो बालुवाटारमै एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री दाहालबीच दुई घण्टा भन्दाबढी समय छलफल भएको थियो ।

टिप्पणीहरू