समाजवादीको स्थायी समिति बैठक शुरु

समाजवादीको स्थायी समिति बैठक शुरु

नेकपा एकीकृत समाजवादीको स्थायी समिति बैठक शुरु भएको छ । बैठक पार्टी कार्यालय, आलोकनगरमा अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको छ । 

बिहान ११ बजे बोलाइएको बैठक साढे ११ बजेबाट प्रारम्भ भएको हो । बैठकमा

सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षहरु जयन्ती राई,मुकुन्द न्यौपाने र प्रमेश हमाल,महासचिव डा.बेदुराम भुसालको उपस्थिति छ ।

त्यसैगरी उपमहासचिवहरु प्रकाश ज्वाला,गंगालाल तुलाधर,डा. विजय पौडेल,जगन्नाथ खतिवडा,सचिव राजेन्द्र राई र रामकुमारी झाँक्रीलगायत पनि बैठकमा पुग्नुभएको छ ।

टिप्पणीहरू