गृहमन्त्री रवि लामिछानेद्वारा नागरिकता मुद्दा सल्टाउन कानून मन्त्रालयसमेत मागियो

गृहमन्त्री रवि लामिछानेद्वारा  नागरिकता मुद्दा  सल्टाउन कानून मन्त्रालयसमेत मागियो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार बिहान उनीहरूकै निवासमा भेटेर रवि लामिछानेले पावर शेयरिङ्गका अनेकौं माग तेर्स्याएका छन्।

स्रोतका अनुसार गृहमन्त्रीले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँगको भेटवार्ताका क्रममा आफ्नो नागरिकता र राहदानी विवादको प्रसंग पनि सुनाएका छन् ।

‘शनिवार बिहान प्रधानमन्त्रीज्यूलाई भेट्न गृहमन्त्रीज्यू बालुवाटार जानुभएको थियो । उहाँले छानविन भइरहेको आफ्नो नागरिकता र राहदानी विवादबारे प्रधानमन्त्रीज्यूलाई केही कुरा बताउनुभएको थियो । मैले सुनेअनुसार प्रधानमन्त्री र गृहमन्त्रीको भेटवार्ता सकारात्मक नै भयो,’राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले भने।

स्रोतका अनुसार गृहमन्त्री लामिछानेले नागरिकता विवाद सल्टाउनका लागि आफ्नो पार्टीलाई कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयसमेत मागेका छन्। लगत्तै उनी एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट गएका थिए ।

गृहमन्त्रीको कानुन मन्त्रालय मागप्रति प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली सकारात्मक देखिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखसहित कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालय,शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालय दाबी गरेको छ ।

‘क्याबिनेट मन्त्री’ नपाए पनि कानुन, न्याय तथा संसदीय मामिला राज्यमन्त्री पाउनुपर्ने बताउँदै आएका छन् । सम्भवतः काठमाडौं–२ बाट निर्वाचित सांसद सोविता गौतमलाई कानुन मन्त्री बनाउने छन् ।

 

टिप्पणीहरू