पाँचथरमा ग्रिनेड बम पड्कियो,बालक घाइते

पाँचथरमा  ग्रिनेड बम पड्कियो,बालक घाइते

फाल्गुनन्द गाउँपालिका ४ चिलिङदिनको जंगलमा भेटिएको ग्रिनेड खेलाउने क्रममा पड्केर ८ बर्षीय बालक घाइते भएका छन् ।स्थानीय पुरानो पञ्चमी बजार नजिकै भेटिएको ग्रिनेड आज बिहान साढे एघार बजे पड्किँदा स्थानीय मनोज खड्काका छोरा निरज घाइते भएको प्रहरीले जनाएको छ ।

इलामको फाकफोकथुम १ र पाँचथरको फाल्गुनन्द गाउँपालिका ४ को सिमानामा पर्ने पुरानो पञ्चमी बजारदेखि पाँचसय मीटर तल चिलिङदिन भन्ने स्थानको जंगलमा साथीसँग दाउरा खोज्न गएका खड्काले ग्रिनेड फेला पारेका थिए ।

हरियो डल्लो भेटेर खेलाउने क्रममा विष्फोट भएर  बालक घाइते भएको पाँचथरका प्रहरी प्रमुख (डिएसपी) हरि खतिवडाले जनआस्थालाई बताउनुभयो। 
खिया लागेको अवस्थामा भेटिएको ग्रिनेड द्वन्द्वकालिन समयमै छोडिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

दाँया छाती,पेट र अनुहारमा लागेको घाउबाट रगत बगिरहेको अवस्थामा उद्वार गरिएका बालकलाई उपचारका लागि झापातर्फ पठाइएको स्थानीयले जनाएका छन् ।

टिप्पणीहरू