प्युठान अस्पतालले डाली घर्ती र बच्चालाई दियो नयाँ जीवन

प्युठान अस्पतालले डाली घर्ती र बच्चालाई दियो नयाँ जीवन

हिजो शनिवार राती ११ बजे प्युठान अस्पतालमा एउटा जटिल शल्यक्रिया सफल भएको छ।

डाक्टर सन्तोष के.सीको टिमले शल्यक्रिया सफल पारेको हो । रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नम्बर दुई खुङ्ग्री घर भएकी २७ बर्षीया गर्भवती डाली घर्तीलाई  ७ महिनामै अत्याधिक रक्तस्राव भएपछि प्युठान अस्पताल ल्याइएको थियो । सात महिनाको बच्चा पेटमा थियो । भिडियो एक्सरेको रिपोर्टअनुसार बच्चा तेर्सो परेको थियो ।

निरन्तर रगत बगेर मर्ने बाँच्ने दोसाँधमा पुगेपछि हतार हतार परिक्षण गर्दा पाठेघरको अगाडि साल आएर तेर्सो परेको रहेछ । त्यसैले  उनको अप्रेसन चुनौतीपूर्ण थियो ।-नर्स सन्ध्या रिजालले जनआस्थासँग भनिन् ।

उनको थप चेकजाँच गर्न थालियो । डालीको त्यो अवस्था देखेर कर्मचारीहरु आत्तिन थाले । शरिरमा हेमोग्लोबिनको मात्रा पनि घट्दै गयो । नर्सहरुले बिरामी जटिल भएपछि डाक्टरलाई खबर गरे ।प्युठान अस्पतालको डाक्टर टिमले बिरामीलाई हेर्दै थिए ।

अस्पतालका डाक्टर सन्तोष के.सीले आफ्नो टिमसँग सल्लाह गरे । सकिन्छ आमा र बच्चा दुबैलाई बचाउने नत्र आमालाई भएपनि बचाउने उनको निर्णय निकै चुनौतीपूर्ण थियो ।

"बिरामीको आँखा सेता हुँदै गए,झन रगत जान थाल्यो । भुइँभरि रगत छताछुल्ल भयो,बाहिर बिरामीको आफन्तहरु रुँदै थिए ।"

तर,उनीसँग एउटा बलियो टिम थियो । बालरोग विशेषज्ञ सौरभ श्रेष्ठ डा. पारुल खड्का,डाक्टर रतन सुबेधी,नर्सिङ कर्मचारीहरु रमिला राई , नारायणी पाण्डे र सन्ध्या रिजाललगायतको टिम सकृय थियो ।

अस्पतालको आवश्यक जनशक्ति प्रयोग गरी डालीको अप्रेसन शुरु गरेर जब पाठेघर चिर्न थालियो रगतको खोलो बग्यो । लामो प्रयासपछि पाठेघरबाट बच्चालाई जीवित निकालियो। बच्चालाई  बाल रोग बिशेषज्ञ सौरभ श्रेष्ठको जिम्मा लगाइयो ।

बिरामीको आँखा सेता हुँदै गए,झन रगत जान थाल्यो । भुइँभरि रगत छताछुल्ल भयो,बाहिर बिरामीको आफन्तहरु रुँदै थिए । डाक्टरसाब,हाम्रो आफन्तलाई  बचाइदिनुहोला भनी आग्रह गर्दै थिए । 

प्युठान अस्पतालबाट नै राम्रो उपचार पाएर बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याउँदा झन सुधार आएर अहिले बच्चा र आमा दुबैलाई राम्रो रहेकोमा डालीको श्रीमान केशव मगरले डाक्टर टिमलाई नै धन्यवाद दिएका छन् ।

टिप्पणीहरू