पोखरीमा डुबेर २६ वर्षीय युवतीको प्रणान्त

पोखरीमा डुबेर २६ वर्षीय युवतीको प्रणान्त

इलामकी एक युवतीको आफ्नै घर नजिकको पोखरीमा डुबेर प्राण गएको छ ।  इलाम नगरपालिका–१, साखेजुँङ बस्ने २६ वर्षीया हिमान्सी दाहालको घर छेउको पोखरीमा डुबेर मृत्यु भएको हो । 

पोखरीमा पौडी खेल्न जाने क्रममा डुबेर घाइते भएकी उनको इलाम अस्पतालमा उपचारको लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू