सिक्लेसमा आगलागी, पूर्व वडाध्यक्षको मृत्यु

सिक्लेसमा आगलागी, पूर्व वडाध्यक्षको मृत्यु

कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा घर जल्दा पूर्व वडाध्यक्षको मृत्यु भएको छ । आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । मादी गाउँपालिका वडा नम्बर १ का पूर्व वडाध्यक्ष सुरजकुमार गुरुङको जलेर मृत्यु भएको बताइएको छ । 

वडाध्यक्ष देवीजंग गुरुङका अनुसार गएराति पौने ९ बजे भएको आगलागीमा गुरुङ घरभित्रै रहेकाले जलेर मृत्यु भएको हो । आगलागीपछि पनि उनी घरबाट ननिस्कनुलाई रहस्यमय भनिएको छ । ढुंगामाटो र टिनको छानाले छाइएको घरमा आगो लाग्नुको कारण पनि खुलेको छैन । 

आगलागीमा नजिकैको टौराज गुरुङको कोरियन प्रविधिले बनाइको दुई तले घर पूर्ण रुपमा नष्ट भएको छ । घरमा रहेका अन्नपातदेखि सबै सामान जलेर नष्ट भएको वडाध्यक्ष गुरुङले बताए । 

राति ११ बजेको समयमा स्थानीयले आगो निभाएका थिए । क्षतिको पूर्ण विवरण आएको छैन । मृतक गुरुङ २०७४ को निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।

टिप्पणीहरू