फिदिममा भीषण आगलागी, दुई महिलाको मृत्यु

फिदिममा भीषण आगलागी, दुई महिलाको मृत्यु

पाँचथरको फिदिममा गएरातिको आगलागीमा परेर मृत्यु भएका दुबै जनाको पहिचान खुलेको छ । फिदिम नगरपालिका ८ घुमाउनेटारका मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा उनकी २२ वर्षीया छोरी ममता र २३ वर्षीया बुहारी आशासिंह थेबे (गुरुङ) को ज्यान गएको छ ।

आगोले जलेर ५५ वर्षीय मेघबहादुर र उनका छोरा बिजेन्द्र घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घाइतेको अवस्था भने सामान्य छ । प्रहरीका अनुसार घरभित्र सात जना सुतेका थिए । तीमध्ये दुई जनाको ज्यान गएको हो । तीन जना आगलागीबाट बच्न सफल भएका छन् ।

आगलागीबाट घर जलेर नष्ट भएको छ । आगलागीको कारण खुलेको छैन । राति साढे १ बजे सुरु भएको आगो स्थानीयसँगै प्रहरी र दमकलले नियन्त्रणमा लिएका हुन् ।

टिप्पणीहरू