सभामुख छान्न माघ ५ गते चुनाव

सभामुख छान्न माघ ५ गते चुनाव

प्रतिनिधिसभाको सभामुख चयनका लागि आगामी माघ ५ गते निर्वाचन हुने भएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले आउँदो माघ ५ गते बिहीबार सभामुख पदको निर्वाचन हुने जानकारी दिएका हुन् । 

यसका लागि ३ माघमा सभामुख पदको निर्वाचन सूचना प्रकाशित गर्न संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमलाई उनले निर्देशन पनि दिएका छन् । साथै ५ माघ बिहीबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ ।

टिप्पणीहरू