सुदन र रक्षालाई बालेनले भने- ‘नाउ, आइ एम इन पोलिटिक्स’

सुदन र रक्षालाई बालेनले भने- ‘नाउ, आइ एम इन पोलिटिक्स’

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले जेनजी समूहलाई एकीकृत गर्ने जिम्मेवारी सुदन गुरुङ र रक्षा बमलाई दिएका छन् । 

आज बिहान कुपण्डोलस्थित आफ्ना सहयोगी कुमार बेनको घरमा भएको दुई घण्टा लामो छलफलपछि उनले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै विभिन्न समूहमा छरिएर रहेका जेनजी समूहलाई एकै ठाउँमा ल्याउने जिम्मा सुदन र रक्षालाई दिएका हुन् ।  

भेटमा सहभागी एक जेनजी अभियन्ताका अनुसार बालेनले पहिलोपल्ट फरक समूहका जेनजी युवासँग संयुक्त छलफल गरेका हुन् । त्यसक्रममा उनले ‘नाउ, आईएम ईन पोलिटिक्स’ भनेका थिए । 

‘उहाँले औपचारिक रुपमै म अब राजनीतिमा आएँ भन्नुभएको छ’, ती जेनजी अभियन्ताले भने, ‘सबै जेनजी समूह एकैठाउँमा आएर सहयोग गर्नुस् भन्नुभएको छ ।’ 

छलफलमा सुदन गुरुङ नेतृत्वको जेनजी काउन्सिल, रक्षा बम नेतृत्वको जेनजी फ्रन्ट, मोनिका निरौला नेतृत्वको जेनजी मुभमेन्ट अलायन्स, जेनजी युनाइटेडसहित एक दर्जन समूहका प्रतिनिधि सहभागी थिए । बालेनले गुरूङ नेतृत्वकाे जेनजी काउन्सिलमार्फत् अन्य जेनजी समूहलाई छलफलमा बोलाइएका हुन् ।

जेनजी समूहका केही नेता घर फर्किसकेको र केही अझै त्यहिँ रहेको बताइएको छ ।
 

टिप्पणीहरू