क्रिसमसको दिन कुलमानको कार्यालयमा रिबन काटियो
ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री कुलमान घिसिङ संरक्षक रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कार्यालय उद्घाटन गरिएको छ ।
आज क्रिस्चियन धर्मावलम्बीहरुको महान् चाड ‘क्रिसमस डे’ को अवसर पारेर त्रिपुरेश्वरस्थित पार्टी मुख्यालय ‘उज्यालो घर’ को औपचारिक उद्घाटन गरिएको हो । ऊर्जामन्त्री घिसिङ प्रमुख अतिथि रहेको कार्यक्रममा पूर्व ऊर्जासचिवसमेत रहेका पार्टी अध्यक्ष अनुपकुमार उपाध्यायले रिबन काटेर कार्यालय उद्घाटन गरे ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य डा. ताराप्रसाद जोशी, प्रा.डा. महेन्द्रसुन्दर लावती, डा. घनश्याम पाण्डे, डा.सागर ढकाल, डा. अभिषेक राजसिंह, डा. शंकर ढकाल, तेजनारायण यादव, रिमा विश्वकर्मालगायत सहभागी भएका थिए ।
उक्त पार्टीले कार्यालयको नाम ‘उज्यालो घर’ राखेको छ ।
तस्बिरहरु






टिप्पणीहरू