ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु

ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु

मकवानपुरमा ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।आज साँझ पूूर्व–पश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका–६ मा मनहरीबाट सुनाचुरीतर्फ जाँदै गरेको ना. ३ त २३६८ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको बा.प्र.०३००३ प ५५४२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट स्कुटर चालक चितवनको खैरेनी नगरपालिका–१० बस्ने ३५ वर्षीय सुकराज बर्तौलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । टाउको र बाँया खुट्टामा चोट लागेर गम्भीर घाइते भएका बर्तौलाको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । फरार ट्याक्टर चालकको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू