उर्जाशील तीन युवाको संसाझै अबसान

उर्जाशील तीन युवाको संसाझै अबसान

बिहिबार राति एउटा स्कुटरलाई अन्य दुई सवारी साधनले ठक्कर दिँदा भएको दुर्घटनामा परी युवामाझ लोकप्रिय तीन युवाको ज्यान गएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–९ ज्यामिरे स्थित भलादमीचोकमा स्कुटर दुर्घटना भएको हो । दुर्घटनामा परी स्कुटर चालक सहित तीनजनाको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ । 

दुर्घटनाग्रस्त स्कुटरलाई अन्य दुई सवारी साधनले ठक्कर दिए पछि ठूलो मानवीय क्षति भएको हो । राति १० बजेर ५० मिनेटमा ना ३९ प १४३९ नम्बरको स्कुटर दुर्घटना हुँदा ३ मनहरी गाउँपालिका वडा नम्बर–८ सिमपानी बस्ने अन्दाजी ३२ बर्षीय धर्मराज मोक्तान, स्कुटरमा सवार सोही स्थान बस्ने अन्दाजी ३० बर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका वडा नम्बर–३ लावती बस्ने ३२ बर्षीय रुपेश तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले  जनाएको छ । 

उनीहरु तीनैजनाको चितवनस्थित पुरानो मेडिकल कलेजमा ज्यान गएको हो । ठक्कर दिने सवारीको अहिलेसम्म पहिचान हुन सकेको छैन । मृतकहरु पश्चिम मकवानपुरमा स्थानीय खेलकुद र सामाजिक क्षेत्रका कृयाशील थिए ।

टिप्पणीहरू