काठमाडौं आउँदै गरेको सुमो सडकबाट तल खस्यो

काठमाडौं आउँदै गरेको सुमो सडकबाट तल खस्यो

काठमाडौं आउँदै गरेको सुमो मकवानपुरमा सडकबाट तल खसेको छ । ईन्द्रसरोबर गाउँपालिका–२ मा सुमो सडकबाट ५० मीटर तल झरेको बताइएको छ ।

भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना.१ ज ४०७९ नम्बरको सुमो सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

डिएसपी टेक बहादुर कार्कीका अनुसार दुर्घटनामा रौतहटको गुजुराज नगरपालिका–१ बस्ने वर्ष ३० की मञ्जु चौधरी, सर्लाहीको हरिऔन नगरपालिका–९ बस्ने वर्ष ३० की मिश्रा थापा र उनकी छोरी ५ वर्षकी दीक्षा थापा घाइते भएका छन् ।

टिप्पणीहरू