पोखरामा ठूलो जहाज दुर्घटना,१५ वटा लाश भेटियो(यात्रुको विवरण र भिडियोसहित)

काठमाडौंबाट पाेखरा उडेको वाइटी ६९१ कल साइनको यती एअरलाइन्सको जहाज धावनमार्ग छुनुअगाडि नै दुर्घटनाग्रस्त हुँदा १५ जनाको मृत्यु भएको छ । जहाज अवतरणका क्रममा आगलागी भएको हो । 

ठूलो हताहतीको आशंका गरिएको दुर्घटनामा अहिलेसम्म १५ जनाको शव भेटिएको छ । मृत्यु हुनेहरुमा अधिकांश गुरुङ थरका छन् । थप विवरण आइसकेको छैन । अहिले सशस्त्र प्रहरीको कालिका गण, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले  उद्धार गरिरहेको छ । 

६८ यात्रु र पाइलट,परिचारिकासहित कूल ७२ जना सवार उक्त जहाज १०:३२ पाेखरा उत्रनुअघि नै दुर्घटना भएकाे हो । सेती किनार विमानस्थलतर्फको पाखामा जहाज आगलागी भएको र मृतकको संख्या बढ्न सक्ने बताइन्छ ।

मौशमको खरावीका कारण पाइलटले अनुमानका आधारमा जवर्जस्ती अवतरण गर्न खोज्दा मिस ल्याण्डिङ भएर दुर्घटना भएको अनुमान गरिएको छ । उक्त जहाजका क्याप्टेनहरु कमला केसी र ए खतिवडा हुन् भने एयर होस्टेसहरु के.राना र एस.आर. ठकुरी थिए ।

टिप्पणीहरू