एक छिनमा पोखराबाट शवहरु हेलिकोप्टर र स्काइ ट्रकमा काठमाडौं ल्याईंदै

एक छिनमा पोखराबाट शवहरु हेलिकोप्टर र स्काइ ट्रकमा काठमाडौं ल्याईंदै

पोखरामा अस्ति भएको यति एअरलाइन्सको एटिआर विमान दुर्घटनामा परेकामध्ये ५० वटा शव काठमाडौं ल्याउन लागिएको छ । ती सबै शव सेनाको एमआई १७ एनए ०५३ हेलिकोप्टर र कासा ०६३० स्काइ ट्रकमा राखेर ल्याईंदैछ । 

शव बोकेको हेलिकोप्टर महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानमा अवतरण गर्नेछ । त्यसपछि ती शवलाई शववाहनमा राखेर त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको शवगृहमा राखी पोष्टमार्टम तथा डिएनए परीक्षण गरिने योजना छ ।त्यसैगरी स्काइ ट्रकले केही शव पोखराको पुरानो विमानस्थलबाट ल्याउन लागेको छ ।

pउक्त जहाज पौने ११ बजे काठमाडौं विमानस्थलमा अवतरण गर्नेछ । त्यसपछि शववाहनमा राखेर शवलाई शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइने छ । पोष्टमार्टम,डिएनए परीक्षणपछि मात्र आफन्तजनलाई शव हस्तान्तरण गरिने बताइएको छ । २० वटा शवको पोष्टमार्टम पोखरामा गरेर नातेदारलाई बुझाउने प्रक्रिया थालिएको छ ।

टिप्पणीहरू