आफन्तकोमा माघी मनाउन गएका बलाल मृत फेला

आफन्तकोमा माघी मनाउन गएका बलाल मृत फेला

पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ६ मा एक जनाको शव फेला परेको छ । शव सोही वडाका ६० वर्षीय बेदबहादुर बलालको भएको बताइएको छ ।

माघे संक्रान्तिको दिन आफन्तको घर जान भनेर निस्किएका बलाल त्यसपछि सम्पर्कविहीन भएका हुन् । उनै बलाललाई स्थानीय र प्रहरीले खोजी गर्ने क्रममा आज बिहान १० बजेतिर घर नजिकैको नेप्टाभीरमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी वीरेन्द्र खड्काले जानकारी दिए ।

बलालको शव भीरबाट निकालेर पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू