‘कस्मेटिक गृहमन्त्रीले नागरिकको जीउ धनको रक्षा गर्न सक्दैनन्’

‘कस्मेटिक गृहमन्त्रीले नागरिकको जीउ धनको रक्षा गर्न सक्दैनन्’

नेकपा एकीकृत समाजवादी पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने गृहमन्त्रीको कुर्सीमा बस्न योग्य नभएको बताएको छ । 

गृहमन्त्री स्वयम् नागरिकको शान्ति सुरक्षाप्रति जवाफदेही नभएको उल्लेख गर्दै अनेरास्ववियूले लामिछानेको राजीनामा माग गरेको छ । अनेरास्ववियूले जारी गरेको विज्ञप्तिमा देशकै अत्यन्त संवेदनशील क्षेत्र संसद भवनको अगाडि एउटा नागरिकले आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्ने परिस्थिति बन्दा पनि राज्य आँखा चिम्लेर बसेको आरोप लगाएको छ । 

नागरिकको सुरक्षा गर्ने जिम्मा पाएका गृहमन्त्री लामिछाने सुन्दर सपना बोकेको युवासहित भौतिक शरीर जलिरहँदा पनि मौन बसेको भन्दै अनेरास्ववियूले आक्रोश पोखेको छ ।

‘गृह मन्त्रालयले न त युवाको सुन्दर सपनालाई साकार बनाउन सक्छ न त भौतिक शरीरको रक्षा ! यस्ता हावादारी, उडन्ते र कस्मेटिक गृहमन्त्रीबाट नागरिकको जीउधनको सुरक्षाको ग्यारेण्टी हुने आधार के ? राज्य गैरजिम्मेवार बन्दा होनहार युवाहरु अकालमै ज्यान गुमाइरहेका छन् । जताततै निराशा, अभाव र पीडा व्याप्त छ’, विज्ञप्तिमा उल्लेख  छ ।
 

टिप्पणीहरू