केपी ओली कपका विजेतालाई १० लाख नगद

नेकपा एमालेको भातृ संगठन  राष्ट्रिय युवा संघ नेपालले पार्टी अध्यक्ष केपी ओलीको नामबार राष्ट्रिय फुटबल प्रतियोगिता गर्ने भएको छ । 'केपी ओली कप' नाम दिइएको सो प्रतियोगिता आउँदो फागुन ११ देखि १७ गतेसम्म आयोजना हुने छ ।   

संघले आज पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । काठमाडौंका विभिन्न खेल मैदानमा हुने प्रतियोगितामा सहभागी हुने टिमले १७ माघभित्र दर्ता गरिसक्नुपर्ने संघका अध्यक्ष अध्यक्ष किरण पौडेलले जानकारी दिए । 

उनका अनुसार विजेता टिमले १० लाख, उपविजेताले ५ लाख, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट गोलरक्षकलाई ५० हजार र हरेक खेलका विजेताले २५ हजार पुरस्कार पाउने छन् । त्यस्तै, प्रत्येक खेलको ‘प्लेयर अल दी म्याच’ ले १५ हजार र प्रतियोगिताका उदयीमान खेलाडीले ५० हजार नगद पुरस्कार पाउने संघले बताएको छ ।

टिप्पणीहरू