हिजो वासिएलको ढर्रामा गृह मन्त्रालयका नाममा उठ्तीपुठ्ती

हिजो वासिएलको ढर्रामा गृह मन्त्रालयका नाममा उठ्तीपुठ्ती

हिजो साँझदेखि पदमुक्त भएका गृहमन्त्री रवि लामिछाने र उनको पार्टीमाथि पछिल्लो एक महिनामा मन्त्रालयको हवाला दिएर रकम उठाइएको आरोप लागेको छ । पुराना वामपन्थी भरत दाहालले उक्त आरोप लगाएका हुन् । 

सुशासन र वैकल्पिक राजनीतिको चर्का नारा लगाउँदै आएका रविको स्वतन्त्र पार्टीका कार्यकर्ताले गृह मन्त्रालयको नाममा पैसा उठाउन ग्याङ परिचालन भएको बताइएको छ । रवि लामिछाने गृहमन्त्री भएपछि मन्त्रालयको नाममा केही व्यक्तिले धम्क्याएर रकम उठाएको खबर प्रहरीकोमा पुगेको हो ।

उनले भने,‘रविको केसम्म कुरो आएको छ भने: हिजो वाइसिएलको ढर्रामा पैसा उठाउने ग्याङ्ग परिचालन भएको छ । हामी गृह मन्त्रालयबाट आएका हौं भनेर सिधै धम्क्याई पैसा असुलिरहेका छन् । त्यस्ता गुनासा आइरहेका छन् । जालीहरुले गृहमन्त्रालयबाट आएका हौं भन्दै अन्याय,अत्याचार र मर्का परेकालाई समात्ने र पैसा बार्गेनिङको काम भइरहेको छ ।’

टिप्पणीहरू