२ बजे नागरिकता, ३ बजे सभापति

रवि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गरेका छन् । सर्वोच्च अदालतको आदेशबमोजिम लामिछानेले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पुनः कायम गरेका हुन् ।

आज दिउँसो २ जबे नागरिकता पुनः प्राप्त गरेका उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः पार्टी सभापति बनाउने तयारी गरेको छ । आजै दिउँसो केन्द्रीय समिति बैठक बोलाइएकाले उक्त सम्भावना देखिएको हो ।

अस्ति सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेले अमेरिकी नागरिकता लिएपछि प्रयोग गरेको २०५० सालको नागरिकता अवैध ठहर गरेपछि उनको सबै पद गुमेको थियो ।

आज नागरिकता नियमावली २०६३ को प्रक्रिया पूरा गरेपछि उनलाई नागरिकता दिइएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

टिप्पणीहरू