बझाङ र बाजुराका भूकम्प पीडितलाई राहत कहिले ?

बझाङ र बाजुराका भूकम्प पीडितलाई राहत कहिले ?

सुदूरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लाका भूकम्प पीडितले हालसम्म कुनै पनि सरकारी राहत नपाएको गुनासो गरेका छन् । उनीहरुले स्थानीय जनप्रतिनिधि मार्फत् उक्त आवाज उठाएका हुन् ।

गत कार्तिक २२ गते बझाङमा र यहि माघ १० गते बाजुरामा गएको भूकजिल्ला खप्तड छान्ना  केन्द्र बिन्दु र यहि माघ १० गते बाजुरामा गएको भूकम्पबाट मानवीय क्षतिसहित हजारौं घर भत्केका छन् । 

मानवीय क्षतिसहित हालसम्म ती भूकम्पले चार हजार एक सय ८६ घर भत्केको रेकर्ड सरकारसँग छ । त्यसमध्ये अछाममा दुई हजार आठ सय ५९, बाजुरामा एक हजार एक सय ३३, डोटीमा ९५, बझाङमा ९२ र डडेल्धुरामा सात वटा सर्वसाधारणका घरहरु भत्केका हुन् । 

सम्बन्धित जिल्ला प्रशासन कार्यालयले क्षतिको विवरण गृह मन्त्रालयमा बुझाइसके पनि हालसम्म कुनै राहत उपलब्ध गराइएको छैन । अछामबाट प्रतिनिधित्व गर्ने सांसद तथा पूर्व श्रममन्त्री शेरबहादुर कुँवरका अनुसार आफ्नो नेतृत्वको टोलीले हिजो गृह मन्त्रालयमा सुदूर पश्चिममा गएको भूकम्प, क्षति र त्यसको राहतबारे जानकारी गराइएको छ । मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन कार्यालयका कार्यकारी प्रमुख अनिल पोखरेलसँग टोलीले भूकम्प पीडितको राहत सम्बन्धमा गरिएको निर्णय तत्काल कार्यान्वयन गर्न आग्रह गरिएको छ ।

भूकम्पका कारण क्षति भएका घर परिवारलाई हिमाली जिल्लामा प्रति घरपरिवार पाँच लाख, पहाडी जिल्लामा प्रति घरपरिवार चार लाख दिने निर्णय नेपाल सरकारले यसअघि नै गरिसकेको छ । सरकारले भूकम्प पीडितलाई राहत दिने निर्णय गरेपनि हालसम्म कार्यान्वयन नभएको जनगुनासो सुनिन थालेपछि पूर्व मन्त्री कुँवरले सम्बन्धित निकायसमक्ष ताकेता गरेको बताइएको छ ।

टोलीमा सांसद कुँवरसहित अछाम जिल्ला क्षेत्र नम्बर ‘क’ बाट निर्वाचित प्रदेश सभा सदस्य मेघराज खड्का पनि थिए ।

टिप्पणीहरू