रविबाट पराजित पूर्वमन्त्रीले गरे आफू माननीय हुनुपर्ने दावी

रविबाट पराजित पूर्वमन्त्रीले गरे आफू माननीय हुनुपर्ने दावी

गत आमनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर २ का निकटतम प्रतिस्पर्धी उम्मेदवार उमेश श्रेष्ठ निर्वाचन आयोग जान लागेका छन् । पूर्वमन्त्री श्रेष्ठलाई सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पराजित गरेका थिए ।

अघिल्लो साता सर्वोच्च अदालतको आदेशपछि लामिछानेले सांसदलगायत उपप्रधान तथा गृहमन्त्री,संसदीय दलको नेता सबै पदबाट विमुख हुनुपरेको थियो । सर्वोच्चको आदेशपछि उक्त क्षेत्रमा दुई महिनामै सांसद पद रिक्त भएको छ ।

सोही सन्दर्भमा उनले निकटतम प्रतिस्पर्धी भएको नाता र निष्क्रिय नागरिकता प्रयोग गरेर उम्मेदवार बनेका कारण आफू पराजित हुनुपरेको विषयमा छलफल गर्न आयोग जाने कार्यक्रम बनाएका हुन् । श्रेष्ठ साढे ११ बजे आयोग पुग्ने र दिउँसो २ बजे होटल हिमालयको पत्रकार सम्मेलनमा सहभागी हुने बताइएको छ ।

टिप्पणीहरू