'भाइरलम्यान'विरुद्ध एमाले नेतृ करिष्मा साइबर ब्यूरोमा

'भाइरलम्यान'विरुद्ध एमाले नेतृ करिष्मा साइबर ब्यूरोमा

कलाकार तथा एमाले नेतृ करिष्मा मानन्धरले एक सञ्चारकर्मीविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी छिन् । सामाजिक सञ्जालमार्फत आफ्नो मानहानी हुने अभिव्यक्ति दिएको भन्दै युट्युबका 'भाइरलम्यान' डिल्लीराम खनालविरुद्ध उनले उजुरी हालेकी हुन् । 

खनालले एक अन्तरवार्तामा करिष्मालाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग जोडेर अभिव्यक्ति दिएका थिए । त्यसको विरोधमा कानुनी उपचार खोज्दै उनी हिजो प्रहरीकहाँ पुगेकी हुन् । 

आफूमाथि जथाभावी लाञ्छना लगाएपछि बाध्य भएर साइबर ब्यूरोमा उजुरी हालेको करिश्माले बताएकी छिन् । सामाजिक सञ्जालमा स्टाटस् लेख्दै उनले भनेकी छिन्,‘उहाँ को हो ? यो अत्ति भयो । भइहाल्यो भने ! कलाकारलाई यस्तै भन्छन् भनेर सहें ।’

साथै, उनले नेपालको कानुनमाथि पनि प्रश्न गरेकी छिन् । लेखेकी छिन्,‘हेरौं, नेपालको कानुन कत्तिको बलियो छ ।’ आफू हिन्दु भएको उल्लेख गर्दै करिश्माले लिभिङ टुगेदरमा विश्वास नगर्ने समेत बताएकी छन् ।

टिप्पणीहरू