सबै श्रेणीहरू

छोरोको हत्यापछि भाग्न लागेका असई पक्राउ

छोरोको हत्यापछि भाग्न लागेका असई पक्राउ

आफ्नै छोरोको हत्या गरेको आरोपमा नेपाल प्रहरीका सहायक निरिक्षक (असई) पुष्कर कार्की पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । 

असई कार्कीले हिजो अपरान्ह ब्रेन ट्युमरबाट ग्रसित चार महिने छोरोको घाँटी चिथेर हत्या गरेको बताइएको छ । उनले श्रीमती कृष्णा कुवँरमाथि कुटपिट समेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कृष्णा पनि प्रहरी जवान हुन् । दुवै जना हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत थिए । 

छोरोको हत्या र श्रीमतीमाथि कुटपिटपछि उनी भागेर जान लागेकोमा नागढुंगाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अहिले कार्कीमाथि थप अनुसन्धान भइरहेको छ ।