काठमाडौंको कोटेश्वरस्थित एक नृत्य केन्द्रबाट नक्कली हतियार बरामद भएको छ । ती हतियारसहित प्रहरीले दुई युवकलाई समातेको छ ।
पक्राउ पर्नेहरुमा कोटेश्वर बस्ने २८ वर्षीय किरण घिमिरे र जडीबुटी बस्ने कुमार लोहार छन् । उनीहरुको साथबाट प्रहरीले एउटा राइफल, दु्ईटा कटुवा पेस्तोल, दुईवटै खुकुरी र एउटा मोटरसाइकल बरामद गरेको छ ।
प्रहरीले सिसिटिभी फुटेजमार्फत उनीहरुमाथि निगरानी राखिरहेको थियो । सोक्रममा गएराति कोटेश्वरमा बागमती प्रदेश ०२–०१२ प ५८५२ नम्बरको मोटरसाइकलमा किरण समातिएसँगै पोल खुलेको हो ।
प्रहरीका अनुसार किरणसँग सोधपुछ गरेपछि कुमार पनि पक्राउ पर्नुका साथै कोटेश्वरस्थित सांस्कृति नृत्य कला केन्द्रमा लुकाई छिपाई राखिएको अवस्थामा हतियार फेला परेको थियो । यससम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।