सबै श्रेणीहरू

अख्तियारले खाेज्याे विद्यालयकाे साढे २६ लाख

अख्तियारले खाेज्याे विद्यालयकाे साढे २६ लाख

बझाङको बित्थरचिर गाउँपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्ट भ्रष्टाचारमा मुछिएका छन् । 

विद्यालय भवन निर्माणमा भ्रष्टाचार गरेको आरोपमा उनीसहित पाँच जनाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको हो । 

मुद्दा चलाइएकामा तत्कालिन सबइन्जिनियर किरण भण्डारी, सुनकुडा माध्यमिक विद्यालयका तत्कालिन प्रधानाध्यापक धनबहादुर विष्ट, व्यवस्थापन समिति अध्यक्ष रमेशबहादुर अधिकारी र लेखापाल हर्कबहादुर विष्ट छन् । 

२०७४ चैत ४ गते विद्यालयको तीन तले १२ कोठे भवन निर्माणका लागि गाउँपालिका र विद्यालयबीच सम्झौता भएको थियो । उनीहरुको मिलेमतोमा भवन निर्माणमा २६ लाख ५४ हजार ६८३ रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको ठहर छ । 

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उक्त रकम जफत गरी प्रतिवादीहरुलाई कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ ।