सबै श्रेणीहरू

हर्कका मान्छे महिलासँगै होटलमा...

हर्कका मान्छे महिलासँगै होटलमा...

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका नेता एक महिलासँग होटलमा रंगेहात समातिएका छन् । भोजपुरका जिल्ला कमिटी सचिव भीम राई एक विवाहित महिलासँग आपत्तिजनक अवस्थामा भेटिएपछि स्थानीयले समातेर प्रहरीलाई बुझाएका हुन् । 
 
बताइएअनुसार राईकी श्रीमतीको निधन भइसकेको छ, तर उनीसँगै समातिएकी महिलाको श्रीमान भने विदेशमा छन् । अस्ति समातिएका दुवैलाई सम्झाएर परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी राजु लामाले जनआस्थालाई जानकारी दिए । ‘अर्काको श्रीमतीसँग बसेको देखेपछि स्थानीयले नै इलाका प्रहरी कार्यालय दिङ्लामा बुझाउनुभएको रहेछ’, उनले भने, ‘हामीले सम्झाइबुझाई गरेर परिवारको जिम्मा लगाइएका छौँ ।’

यता पार्टी अध्यक्ष साम्पाङले सचिव राईलाई कारवाहीको दायरामा ल्याउने बताएक छन् । राई अहिले सम्पर्कमा नआएको जानकारी गराउँदै उनले भनेका छन्, ‘भीमजीलाई सम्पर्क गरेर आवश्यक कारवाही चलाइनेछ, .....गल्ति व्यक्तिबाट हुन्छ, संगठनको निर्देशन होइन, त्यो ।’