सबै श्रेणीहरू

यात्रुको खल्तीमा ब्राउनसुगर

यात्रुको खल्तीमा ब्राउनसुगर

काठमाडौंको मुख्य नाका नागढुंगाबाट लागूऔषधसहित एक जना समातिएका छन् । चन्द्रागिरी नगरपालिका–२, नागढुंगास्थित चेकपोइन्टबाट सुनसरीको इटहरी नगरपालिका–३, का ३६ वर्षीय निरोज न्यौपाने ब्राउनसुगरसहित पक्राउ परेका छन् । 

विशेष सूचनाका आधारमा आज बिहान प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्युरोबाट संयुक्त खटिएको टोलीले  काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.००१ ००६ ख ७३३५ नम्बरको यात्रुवाहक बस चेकजाँच गरेको थियो । 

त्यसक्रममा शंका लागेर न्यौपानेमाथि चेकजाँच गर्दा ज्याकेटको खल्तीभित्र कालो प्लास्टिकले बेरेर लुकाएको अवस्थामा सात ग्राम ब्राउनसुगर फेला परेको प्रहरीको भनाइ छ । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।