निर्वाचनको तिथि मिति नजिकिदै जाँदा झापामा अझै चुनावी माहोल उठ्न सकेको छैन । दक्षिणी क्षेत्रमा अत्यधिक आदिवासी बसोबास गर्छन् । क्षेत्र नं. ३ बाट अध्यक्ष राजेन्द्र लिङ्देन उठ्दै छन् । उनीसँगै नेकपाका डिल्लीराम घिमिरे, रास्वपाका प्रकाश पाठक, एमालेका हरिबहादुर राजवंशी, कांग्रेसका राजेन्द्रकुमार घिमिरेको उम्मेदवारी परेको छ । यो पटकको चुनाव सौताका लागि काम गरिदिएको जस्तो भएको देखिन्छ ।
एमाले अध्यक्ष केपी ओलीले एसपी राजन लिम्बूका ठाउँमा बसुन्धरा खड्का आएको कुरालाई किन इस्यु बनाउनु परेको होला ? झापा ५ मा नेपाली कम्युनिष्ट पार्टीका विद्यार्थी नेता रञ्जित तामाङको पनि उम्मेदवारी रहेको छ । उनी यहींका रैथाने हुन् । उक्त क्षेत्रको मतदाता संख्या एक लाख ६३ हजार ३७९ रहेको छ भने ९ हजार ९० थपिएको छ ।
आदिवासी जनजाति बाहुल्य भएको यस क्षेत्रमा ३० प्रतिशत किराँत धर्मावलम्बी, ७ प्रतिशत हेभन लिपात, ९ प्रतिशत इसाई, ७ प्रतिशत बौद्धमार्गी र मुस्लिम र अन्य ४८ रहेको तथ्यांक देखिन्छ । आदिवासी रंगशालालाई मदन भण्डारी रंगशाला बनाउनुपर्छ भनिएकोमा जनजाति सन्तुष्ट छैनन् । आफ्नो क्षेत्र नं. ५ मा बालेनलाई लक्षित गर्दै केपी ओलीले धितो न जमानीको मान्छेलाई मत नदिन आग्रह गरे तापनि दैनिक युवा कार्यकर्ता पलायनले यो पटक अप्ठ्यारो पार्ने हो कि भन्ने देखिन्छ । तर, एमाले पक्षधर पुराना र कट्टर कार्यकर्ता हल्लिएका छैनन् ।
– दिपीन राई