खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण तथा उडान हुन सकेको छैन । भिजिबिलिटी १२ सय मीटर मात्रै भएकाले बिहानैदेखि उडानहरु रोकिएका हुन् ।
काठमाडौंबाट हुने आन्तरिक उडान सुचारु भएको छैन । अन्तर्राष्ट्रिय उडानका काठमाडौं आउँदै गरेका सबै विमान सिमरामाथिको आकाशमा होल्डमा राखिएका छन् ।