सबै श्रेणीहरू

‘ऋषि किन दूतावास छिरे भगवान जानुन्’

‘ऋषि किन दूतावास छिरे भगवान जानुन्’

रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा उठेका छन् । धादिङको उत्तरी भेगका उनी प्रभु साहको आम जनता पार्टीबाट मोबाइल चिन्हमा उठेका हुन् ।

अस्ति मनोनयन गरेपछि निर्वाचन क्षेत्रमा विभिन्न तरिकाले भोट माग्दै हिँडेका छन् । यसबीच कहिले खेत नजिकैको चौरमा ट्याक्टर चलाउँदै,कहिले सडकमा साइकल गुडाउँदै,मिठाइ पसलमा जेरी पकाउँदै,सिकर्मीकोमा काठ चिर्दै, उखुबारीमा उखु बोकेर मतदातालाई रिझाउँदै गरेको भिडियो भाइरल बनाइएको छ ।

उनै ऋषि मनोनयनका लागि रौतहट जानुअघि काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास किन छिरेका होलान् ? उच्च कूटनीतिक स्रोत भन्छ, ‘गत शुक्रबार बिहान साढे ११ बजेतिर छरेका धमला सवा १२ बजेतरि निस्केका थिए । किन छिरे,केका लागि छिरे त्यो चाहिँ भगवान जानुन् ।’