उच्छृंखल कलाले वास्तविकतालाई बिट मार्दै, अंग प्रदर्शन गरेर पैसो झार्दै

उच्छृंखल कलाले वास्तविकतालाई बिट मार्दै, अंग प्रदर्शन गरेर पैसो झार्दै

भनिन्छ, कलाकार मुलुकका गहना हुन् । कुनै पनि मुलुक र समाजलाई गर्विलो बनाउने अचुक माध्यम नै कला हो । सोही कला प्रस्तुत गर्नेलाई कलाकार भनिन्छ । त्यसैले कलाकारले राष्ट्र र समाजको हित हुने विषय मात्र प्रदर्शन गर्नुपर्ने सर्वमान्य सिद्धान्त छ । 

बोलीचालीको भाषामा भन्नुपर्दा पूराना गीत संगीतले मुलुक र समाजको भाका बोकेको हुन्थ्यो । देशमा भएका घटना, दुःखपीडालाई कलाको माध्यमबाट प्रस्तुत गरिन्थ्यो । पूराना कलाकारहरुको सुमधुर गीत संगीतले अहिले पनि मन र मस्तिष्कलाई एकै पटक छुने गर्छ । 

ती गीत सुन्दा नेपाली भएकोमा सबैलाई गर्व लाग्छ । तर, अहिले परिस्थिति फेरिएको छ । कलाको नाममा उत्ताउलो क्रियाकलाप देखाउने र छाडा शब्दको प्रयोग गर्ने क्रम ह्वात्तै बढेको छ । 

कलाकारलाई दर्शकले नजिकबाट नियालिरहेका हुन्छन् । उनीहरुले गरेका क्रियाकलापको धेरै दर्शकले सिको पनि गर्दछन् । यद्यपि, कलाकारहरु गैरजिम्मेवार भइदिँदा कलाकारिता क्षेत्र नै बदनाम हुन पुगेको छ । एकाधको कारण सिंगो कलाकारिता क्षेत्रमा दाग लाग्ने गरेको उनीहरुको बुझाई छ । 

कलाकारिताको नाममा जे मनलाग्यो त्यही गर्ने कलाकारको रुपमा हिजोआज चिनिएकी छिन्, ज्योति मगर । गायिका ज्योती गीत गाएरभन्दा पनि अंग प्रदर्शन गरेर बढी चर्चामा आएकी हुन् । 

निकै छोटा कपडा लगाउने र अश्लील शब्द बोल्नमा अरुभन्दा अगाडि देखिएकी छन । उनका गीतमा समेत कतिपय आपत्तिजनक शब्दको प्रयोग गरिएको पाइन्छ । 

सुन्नै नसकिने भएकाले उनले गाएका कतिपय गीतहरु बन्द गर्न बाध्य पारिएको  थियो । ‘केरा काटेर’ भन्ने बोलको गीतमा ज्योतिको छाडापनको कुनै सीमा छैन । मोरङको उर्लाबारीमा हालै आयोजित प्रादेशिक महोत्सवमा पनि ज्योतिले भद्दा र उच्छृंखल नृत्य देखाएको प्रत्यक्षदर्शी बताउँछन् । 

नेपाल, भारत र पाकिस्तानलगायत मुलुकका ज्ञानविज्ञान र उत्पादनसँग सम्बन्धित स्टल रहने भनिएको महोत्सवमा ज्योतिले त्यसरी अंगप्रदर्शन गर्दा दर्शकले के सिक्ने ? स्थानीय प्रत्यक्षदर्शीले भने । 

त्यस्ता प्रस्तुतिले स्टेज तात्ने तर मुलुकको कलाकारिता जगत ध्वस्त हुने उनीहरुको बुझाई छ । ‘राष्ट्रिय कलाकारको रुपमा चिनिएकाहरुको त्यस्तो हर्कतबाट मुलुक र दर्शकमा कस्तो प्रभाव पर्छ भनेर सोचिदिने कसले ?’ सर्वसाधारणको निचोड छ ।

टिप्पणीहरू