शालिकरामको बिदा बाग्मतीभित्र,सिंहदरबारको बिदा देशभर

शालिकरामको बिदा बाग्मतीभित्र,सिंहदरबारको बिदा देशभर

भोलि सरकारले मुलुकभर जनयुद्ध दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज दिउँसो बसेको क्याबिनेट बैठकले यो दिनका निम्ति पहिलोपटक मुलुकभर बिदाको घोषणा गरेको हो । 

यसअघि बागमती प्रदेश सरकारले प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । त्यसअघि कर्णाली प्रदेश सरकारले पनि त्यस्तै निर्णय गरेको थियो । तर, दुबै प्रदेश सरकारको बिदाको निर्णयको चौतर्फी बिरोध भएको अवस्थामा आज संघीय सरकारले मुलुकभर बिदा दिने निर्णय गरेको छ । 

यसअघि प्रदेश सरकारको बिदाको निर्णय प्रदेशमा रहेका संघीय सरकार मातहतका कार्यालयमा लागु नहुँदा मधेश प्रदेशका मन्त्रीहरुले नै कार्यालय बन्द गराएका थिए । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको पछिल्लो बिदाको निर्णयले पनि त्यस्तै अवस्था उत्पन्न गराएको चर्चा हुन थालेपछि संघीय सरकारले भोलि बिदाको निर्णय गरेको हो ।


 

टिप्पणीहरू