‘ब्रेक डान्स’ मा ८ वर्षीया चिनियाँ बालिकाको विश्व रेकर्ड

‘ब्रेक डान्स’ मा ८ वर्षीया चिनियाँ बालिकाको विश्व रेकर्ड भिडियो : सिन्ह्वा

चीनमा एउटी ८ वर्षकी बालिकाले ब्रेक डान्समा विश्व रेकर्ड बनाएकी छन् । छि यु फान नामकी बालिकाले एउटा टेलिभिजन शोमा एक मीनेटमा १ सय २१ थरीको कौशल प्रस्तुत गरेर उक्त रेकर्ड कायम गरेकी हुन् ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार यसअघि उनले सन् २०२१ मा पनि विश्व रेकर्ड कायम गरेकी थिइन् । त्यसबेला बालिकाले एक मीनेटमा ७७ थरीको कौशल प्रस्तुत गरेकी थिइन् । यस पटक छिले आफ्नै पुरानो रेकर्ड तोडेकी हुन् । 

हाङ्चै निवासी बालिका चीनका साथै एकाएक विश्वविख्यात बनेकी छन् ।

टिप्पणीहरू