अस्मिताको 'मुख चिलाउने'मा पुष्प र गीता

अस्मिताको 'मुख चिलाउने'मा पुष्प र गीता

गायक रमण रेग्मी र गायिका अस्मिता अधिकारीको स्वर रहेको मुखै चिलाउनी बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

दीपक शर्माको शब्द तथा संगीत रहेको गीतमा नरेन्द्र बियोगीको एरेन्ज रहेको छ । केशवराज भट्टको कोरियोग्राफी तथा निर्देशनमा तयार मुखै चिलाउनी एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानी हो।गीतको कोरियोग्राफी पनि निर्देशक भट्टले नै गरेका हुन् । जसमा नायक तथा मोडल पुष्प खड्का र टिकटकबाट चर्चा कमाएकी सुन्दरी मोडल गीत ढुंगानाको प्रेम रोमान्स देख्न सकिन्छ ।  

काठमाडौंको कोटेश्वरका रमणले यसअघि  'घर त लगनखेल रिमेक', 'खुला जमिन', 'मेसो पाछैन', 'हामी जनतालाई धेरै गाह्रो छ', 'नेपालै जाउँ जाउँ लाग्छ' लगायतका गीतका भिडियोहरु बजारमा ल्याइसकेका छन् । पछिल्लो भिडियोको निर्माण सविना कुँवर रेग्मीले गरेकी हुन् ।

भिडियाे लिंक : https://www.youtube.com/watch?v=7luy1uaqVxs

टिप्पणीहरू